बजेटबारे अर्थमन्त्रीसँग वार्ता गर्न एमालेले कार्यदल बनायो

बजेटबारे अर्थमन्त्रीसँग वार्ता गर्न एमालेले कार्यदल बनायो

paudel-pandey-N-kharel

३१ असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले संसदमा पेश गरेको बजेटप्रति आपत्ति जनाउँदै नेकपा एमालेले छलफलका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

paudel pandey N kharel

विहीबार बसेको एमाले स्थायी कमिटीको बैठकले उपमहासचिव विष्णु पौडेल र नेताद्वय सुरेन्द्र पाण्डे एवं अग्नि खरेल रहेको कार्यदलले गठन गरेको हो ।

कार्यदलले अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरेर पार्टीका कुराहरु राख्ने सचिव योगेश भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

बजेटमा एमालेले उठाएका विषयहरु अर्थमन्त्रीले संसदमा जवाफ दिने क्रममा सम्बोधन भएनन् भने बजेट नै पास नगर्नेसम्मको छलफल एमाले स्थायी कमिटीमा भएको स्रोतले बतायो ।

यसबारेमा एमाले सचिव भट्टराईले अनलाइनखबरसँग भने-‘एमालेको चासो सम्बोधन भएन भने एमालेको समर्थनविना बजेट पारित हुँदैन, अहिले यतिमात्रै बुझिराखे हुन्छ ।’

भट्टराईका अनुसार बजेटमा एमालेको चासो भनेको वृद्धभत्तामा मनमोहनको नाम हटाइएको, मध्यपहाडी लोकमार्गमा पुष्पलालको नाम हटाइएको र हरि खड्का र मदन भण्डारीलाई जोडिएको विषय अर्थमन्त्रीले सच्याउनुपर्नेछ ।

त्यस्तै मुग्लिन सडक खण्डमा मदन भण्डारीको नाम हटाइएकोमा पनि एमालेको आपत्ति छ । एमालेका मन्त्री र सभासदले गरेका कतिपय प्रस्तावहरु अर्थमन्त्रीले बजेटमा नपारेको विषयमा पनि कार्यदलले अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्नेछ ।

एमालेले उठाएका विषयहरुमा अर्थमन्त्री सकारात्मक देखिए समस्या समाधान हुने भट्टराईले बताए ।

‘आजैदेखि छलफल पनि सुरु भइसकेको छ, कांग्रेसका नेताहरुले सकारात्मक छौं भनेका छन्, भट्टराईले अनलाइनखबरसँग भने, ‘कुरो मिलेन भने पार्टी अध्यक्षले नै प्रधानमन्त्रीसँग कुरा गर्ने बैठकले निर्णय गरेको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर